FAQs Complain Problems

संक्षिप्त परिचय

नेपालको संविधान अनुसार कर्णाली  प्रदेशका जिल्लाहरु मध्येको दैलेख प्राकृतिक तथा सांस्कृतिक रुपमा सुन्दर र हराभरा भएको जिल्ला हो | दैलेखलाइ स्थानीय रुपमा ४ नगरपालिकाहरु नारायण, दुल्लु, चामुन्डाविन्द्रासैनी र आठविस नगरपालिका तथा ७ गाउँपालिकाहरु गुँरास, डुङ्गेश्वर, भगवतिमाई, नौमूले, भैरवी, महाबु र ठाँटीकाँध गाउँपालिकामा बिभाजन गरिएको छ | यस मध्येको नौमूले गाउँपालिका साबिकको तोली, बालुवाटार, द्धारि, कालिका, नौमूले, सल्लेरी र चौराठा गाविसहरु समेटेर निर्माण गरिएको हो | हाल गाउँपालिकामा जम्मा ८ वटा वडाहरु रहेका छन् l गाउँपालिकाको केन्द्र नौमूले बजारमा रहेको छ | यस गाउँपालिकाको भूभागले नारायण नगरपालिका, महाबु गाउँपालिका र भगवतीमाइ गाउँपालिकालाइ छोएको छ | गाउँपालिकाको जम्मा क्षेत्रफल २२८.५९ वर्ग किलो मिटर रहेको छ र २०७८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या १९६८७ रहेको छ |

मूल रुपमा जनजातिहरुको बसोबास रहेको यस गाउँपालिकामा मुख्य गरी हिन्दू र बौद्ध धर्म मान्नेहरूको बाहुल्यता छ | पर्यटकीय क्षेत्रका रुपमा द्धारिखोला झरना, नौमूल क्षेत्र लगायतका क्षेत्रहरु रहेका छन | गाउँपालिकामा जडिवुटी तथा जलविद्दुत तको प्रचुर सम्भावना रहेको छ ।